बालबोधको ६७ औँ अभिभावक भेला सम्पन्न


हेटौंडा – मकवानपुर जिल्लाको दोस्रो पुरानो विद्यालय बालबोध माविको ६७ औँ अभिभावक भेला सम्पन्न भएको छ ।
हेटौंडा १७ भुलभुलेस्थित विद्यालय प्राङ्गणमा शनिबार शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्दै कार्यक्रम सम्पन्न भएको हो । भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालले आगामी वर्षका लागि विद्यालयको शैक्षिक तथा भौतिक विकासको योजना प्रस्तुत गरेका थिए । अध्यक्ष अर्यालले विद्यालयमा संचालन भइरहेको अंग्रेजी माध्यमलाई व्यवस्थित गर्न नियुक्त गरिएका नीजि शिक्षक तथा कर्मचारीहरुको लागि शिक्षक कार्यविधि बनाई लागू गर्नका लागि व्यवस्थापन समितिलाई अधिकार दिन प्रस्ताव गरेका थिए ।
विद्यालयले हाल शैक्षिक गतिविधिहरुलाई व्यवस्थित गर्नका लागि अक्षय कोष स्थापना गर्न विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट सहयोग संकलन समेत गरिरहेको छ । अक्षयकोषलाई थप व्यवस्थित गर्नका लागि पूर्व विद्यार्थीहरुको संगठन बनाई अघि बढ्ने योजना रहेको अध्यक्ष अर्यालले बताए ।
भेलामा प्रधानाध्यापक दीपकलाल श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलाले दुवै प्रतिवेदन सर्वसम्मत पारित गरेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।
वि. सं. २००८ माघ २३ गते स्थापित विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म ५ सय ३ विद्यार्थी अध्ययनरत रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...