मेयर कप फुटबल: हेटौंडा १ र १५ नम्बर विजयी


हेटौंडा – मेयर कप फुटबल प्रतियोगिता–२०८० अन्तर्गत मंगलबार भएको खेलमा हेटौंडा वडा नम्बर १ र १५ विजयी भएको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा खेल मैदानमा जारी प्रतियोगितामा हेटौंडा १ ले १७ नम्बर वडालाई र हेटौंडा १५ ले २ नम्बर वडालाई पराजित गर्दै अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको हो । १ नम्बर वडाले १७ नम्बरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दा हेटौंडा १५ ले २ नम्बर वडामाथि ५–० गोलअन्तरलको फराकिलो जित दर्ता गराएको थियो ।
निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि पेनाल्टीमा १ नम्बर वडा ५–४ गोलअन्तरमा विजयी भएको हो । खेलमा १ नम्बर वडाका विश्व लामा म्यान अफ दी म्याच घोषित भए । उनले केल्मीको तर्फबाट विशेष उपहार प्राप्त गरे ।
यसैगरी, हेटौंडा नम्बर वडाको १५ को तर्फबाट रिकेश श्रेष्ठले खेलको २० र ४८ औं मिनेटमा, विश्वास ब्लोनले २८ र ३५ औं मिनेटमा तथा अनिष लामाले खेलको ४१ औं मिनेटमा गोल गरेका थिए । खेलमा विश्वास ब्लोन म्यान अफ दी म्याच घोषित भए । उनलाई केल्मी शोरुम हेटौंडाले विशेष उपहार प्रदान गरेको थियो ।
हेटौंडामा जारी यस प्रतियोगितामा उपमहानगरभित्रका १९ वटा वडाको सहभागिता रहेको छ । नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

कुपोषण निराकरणमा कैलाश गाउँपालिकाको सक्रियता, एक वर्षमा भेटिए ८२ जना कुपोषित

कुपोषण निराकरणमा कैलाश गाउँपालिकाको सक्रियता, एक वर्षमा भेटिए ८२ जना कुपोषित

हेटौंडा–गरिबी र अशिक्षाका कारण प्रयाप्त सन्तुलित आहार नपाउँदा मुलुकका अधिकांशन विकट गाउँका बालबालिका र गर्भवती तथा सुत्केरी महिला कुपोषणको सिकार बनिरहेका छन् । मकवानपुरको विकट कैलाश गाउँपालिकामा पनि ...