नयाँ वर्षमा प्रदेश स्वास्थ्य मन्त्रीकाे शुभकामना

बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नयाँ बर्ष २०८१ को शुभकामना व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले राष्ट्र निर्माण, समृद्धि र सुशासनका निम्ति अघि बढ्न आग्रह गर्दै सम्पुर्ण नेपालीलाई नयाँ बर्षको शुभकामना दिएका हुन् ।
‘नयाँ वर्ष २०८१ को सुखद अवसरमा बागमती प्रदेश सहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना दिदै राष्ट्रको नव निर्माण, समृद्धि र सुशासनका निम्ति अघि बढ्न आह्वान गर्न चाहान्छु,’ मन्त्री श्रेष्ठले भने।
नेपाल सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिबाट निर्माण भएको संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै नेपालको संवैधानिक इतिहासमा जनताको प्रतिनिधिले पहिलो पटक जनतालाई संविधानको स्रोत बनाई संविधान जारी गरेका स्मरण गराए । दोस्रोपटक निर्वाचित भएका जनप्रतिनिधिले मुलुकको विकास र समृद्धिको जनचाहना पूरा गर्न अहोरात्र काम गरिरहेकाे जानकारी दिए ।

राष्ट्रको सर्वाङ्गीण विकास नागरिकको स्वास्थ्य अवस्थामा निर्भर रहन्छ। मानव विकास सूचकाङ्कको एउटा प्रमुख सूचक स्वास्थ्य पनि रहेको मन्त्री श्रेष्ठले बताए । ‘बागमती प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले पनि नागरिकको स्वस्थ जीवनका सन्दर्भमा यस बर्ष झनै प्रभावकारी नीति र योजना साथ काम गर्ने विश्वास जनाउँदै पुनः नयाँ वर्ष २०८१ को हार्दिक शुभकामना व्यक्त गर्दछु,’ मन्त्री श्रेष्ठले भने ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...