आगलागी पीडितलाई हेटौंडा उपमहानगरको सहयोग

हेटौंडा– आगलागी भई घर पूर्ण रुपमा क्षति भएका हेटौंडा ६ रामनगरका आत्मलाल चौलागाईलाई हेटौंडा उपमहानगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । मंगलबार विद्युत्को तार सट भई चौलागाईको घर पूर्ण रुपमा क्षति भएको थियो । बुधबार हेटौंडा उपमहानगपालिकाका उपप्रमुख राजेश बानियाँ खाद्यान्न सामग्री सहित आगलागी पीडित चौलागाईको घरमा पुगेका थिए । आगोले पूर्ण रुपमा क्षति भएको घरको निरीक्षण गर्दै उपप्रमुख बानियाँले क्षति भएको घरको पुनर्निमाणमा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रमुख बानियाँले चामल, दाल, नुन, तेल, चिउरा, चिनी, साबुन सहयोग गरेका हुन् । राहत हस्तान्तरण गर्न हेटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल पीडित चौलागाईको घरमा पुगेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...