Search
Close this search box.

खुल्ला वक्तृत्वकलामा आकांक्षा प्रथम

हेटौंडा– आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा बुधबार हेटौंडामा भएको खुल्ला वक्तृत्वकला प्रतियोगितामा आकांक्षा निरौला प्रथम भएकी छन् । ३१ औँ पारिजात स्मृति दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालयको आर्थिक सहयोग भएको प्रतियोगितामा कृतिका लौडारी द्वितीय, सुनिल न्यौपाने तृतीय र प्रियान्सु पोखरेल सान्त्वना घोषित भए ।

प्रथम, द्धितीय , तृतीय र सान्त्वना हुनेले क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । ‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा १८ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा घनश्याम घिमिरे, निरा शर्मा र श्रवण वर्तौला निर्णायकको भूमिकामा रहेका थिए । प्रतियोगितामा युगेश ढकालले नगद राशी ५०० प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्य मन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका १० नं वडा अध्यक्ष फुर्वा दोर्जे तामाङ तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी सल्लाहकार पुर्णकला घिमिरको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा हेउनपा १० नंं वडा सदस्य तथा कार्यपालिका सदस्य साधना श्रेष्ठ, वडा सदस्यहरु गोमा सुनुवार, ईश्वर प्रसाद मैनाली, साहित्यसेवी मुक्ति गोविन्द वैद्य, साहित्यकारहरू देवराज खरेल, सुदर्शन अधिकारी, रमेशमोहन अधिकारी, शम्भुप्रसाद बाँसकोटा, जनार्दन खनाल, इन्द्र नेपाल, छवी अनित्य, डि।बि। बर्तौला, सानु खनाल, मञ्जु खरालको आतिथ्यता रहेको थियो । कार्यक्रममा देवराज तिवारी, शान्ति प्रियवन्दना, संप्रस पौडेल, अमृता लामिछाने,जनार्दन खनाल, ऋषिराम पाण्डेयले रचनावाचन गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan