जनज्याेति माविकाे ३५ ओैँ अभिभावक भेला

हेटाैंडा- हेटाैंडा-१४ मा रहेकाे जनज्याेति माध्यमिक विद्यालयकाे ३५ ओैँ अभिभावक भेला सम्पन्न भएकाे छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुंगानाकाे अध्यक्षतामा भएकाे भेलामा हेटाैंडा-१४ नम्बर वडा अध्यक्ष दीपक खड्काकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । भेलाकाबीच विद्यालयका प्रधानाध्यापक भाेगेन्द्र लुइँटेलले शैक्षिक तथा भाैतिक प्रतिवेदन पेश गरेका थिए ।

सहायक प्रधानाध्याक हरिप्रसाद पाैड्यालले विद्यालयकाे समग्र प्रतिवेदनकाे प्रस्तुतीकरण गरेका थिए । विद्यालयका लेखापाल सनिश तामाङले विद्यालयकाे वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलाकाबीच विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु र शिक्षक अभिभावक संघका पूर्व अध्यक्षहरुलाई सम्मानसमेत गरिएकाे थियाे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु खेमनाथ विडारी, बासु अधिकारी, माेहन सिं माेक्तान, शम्भु पाण्डे, ज्ञान ब. लामा , टीका ब. बानियाँलाई सम्मान गरिएकाे थियाे । साथै शिक्षक अभिभावक संघका पूर्व अध्यक्षहरु शिवप्रसाद अधिकारी, रेतबहादुर चाैलागाई र तारा ब. भाेम्जन पनि सम्मानित भएका थिए ।

भेलाकाबीच विद्यालय व्यवस्थापन समितिमा चार जना सदस्य सर्वसम्मत चयन गरिएकाे छ । विद्यालय व्यवस्थापन समितिकाे सदस्यहरुमा  रामचन्द्र ढुंगाना, साेवी लामा, केदार  थिङ, सञ्चमाया घलान चयन भएका छन् । नवनिर्वाचित चार सदस्य मध्येबाट विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष चयन हुने सहायक प्रधानाध्यापक हरिप्रसाद पाैड्यालले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

बागेश्वरी आधारभूत विद्यालयको अध्यक्षमा शिवकुमार मल्ल

बागेश्वरी आधारभूत विद्यालयको अध्यक्षमा शिवकुमार मल्ल

हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिका–९ कोखारीमा रहेको बागेश्वरी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिवकुमार मल्ल चयन भएका छन् । शनिबार भएको ५० औं अभिभावक भेलाबाट मल्लको अध्यक...