४ सय रुपैयाँ घट्यो सुन

सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार २ सय रुपैयाँमा झरेको छ ।

वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँ रहेको चाँदी आज प्रतितोला १ हजार ६६५ रुपैयाँ पुगेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...