हेटौंडा बसपार्क क्षेत्रमा समस्यामा परेकाको उद्दार गर्दै साना हातहरु


हेटौंडा – आपराधिक क्रियाकलाप रोक्दै समस्यामा परेकाहरुको उद्दारका लागि हेटौंडा बसपार्कमा लामो समयदेखि साना हातहरु नामक गैरसरकारी संस्थाले भूमिका निर्वाह गर्दै आइरहेको छ । हेटौंडा बसपार्क क्षेत्रमा पछिल्लो समय विभिन्न किसिमका समस्या बढ्दै गएको पनि संस्थाले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क क्षेत्रमा देशका धेरै ठाउँबाट मानिसहरु आउजाउ हुने कारण आपराधिक गतिविधि समेत बढ्दै गएको छ । साना हातहरु नेपालको तथ्यांक अनुसार, चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा विभिन्न समस्यामा परेका ७८ जनाको उद्घार भएको छ । जसमा ६१ जना बालबालिका रहेका छन् । चालु आवको साउनदेखि चैतसम्मको अवधिमा विभिन्न समस्यामा परेका ३ सय ९६ महिला, २ सय ८१ पुरुष र १ हजार ५ सय ४५ बालबालिकालाई परामर्श दिइएको छ । त्यसैगरी सो अवधिमा ४ जनामा जबर्जस्तीकरणीको मुद्दा चलिरहेको छ भने १ जनामा अपराधी विश्वासघात तथा अपराधी लाभ कसुरमा मुद्दा चलिरहेको छ । यो अवधिमा बढिजसो किशोरीहरु समस्या परेको संस्थाले जनाएको छ ।


साना हातहरु नेपाल मकवानपुर शाखा प्रबन्धक डिकम्बर रुपाचाको अनुसार विशेष गरी बालबालिकाहरु बढी समस्यामा पर्न थालेका छन् । मुख्यगरी किशोरकिशोरीहरु प्रेम सम्बन्धमार्फत र आन्तरिक रोजगारका लागि बसपार्क एरियामा आई अलपत्रमा पर्ने गरेको रुपाचाले बताए । पछिल्लो समय सामाजिक संजाल मार्फत साथी बनाइ विभिन्न जिल्लाबाट हेटौंडा आइपुग्ने र अलपत्र पर्ने देखि बलात्कृत जस्ता अपराधिक क्रियाकलापमा कतिपय किशोरीहरु पर्ने गरेको उनको भनाइ छ ।
नाका पुग्ने बसमा निगरानी राख्नुको साथै सानातिना खाजा घरहरुमा समेत निगरानी राखी सोधपुछ गर्ने क्रममा विभिन्न समस्या भएका किशोरकिशोरी भेटी उद्दार गर्ने गरेको उनले सुनाए । पीडितलाई न्याय दिलाउन अन्तिम अवस्थासम्म आफूहरुको साथ रहने गरेको उनले बताए ।

२०६७ सालदेखि बसपार्क एरियामा काम गर्दै आएको साना हातहरु नेपाल अन्तर्राष्ट्रिय युएसएको आर्थिक सहयोगमा चलिरहेको संस्था हो । संस्थाले आर्थिक वर्ष ०७८/०७९ मा विभिन्न समस्यामा परेका ३९ महिला, ४ जना पुरुष र ४३ जना किशोरकिशोरीको उद्घार गरेको जनाएको छ । महिला पुरुष र किशोरकिशोरी गरी विभिन्न समस्यामा परेका ३ सय १९ जनालाई परामर्श दिइएको छ ।
त्यसैगरी आर्थिक वर्ष ०७९/०८० मा १७ जना महिला र ८६ जना किशोरकिशोरीको उद्घार गरिएको थियो। सो अवधिमा विभिन्न समस्यामा परेका ४११ महिला, २९७ पुरुष र १ हजार ७ सय ४८ किशोरकिशोरीलाई परामर्श दिइएको थियो । सो दुई वर्षको अवधिमा मानव बेचबिखन र जबर्जस्तीकरणीमा १३ जना विरुद्ध मुद्दा चलाइएकोमा बेचबिखन कसुरमा २ जनालाई ८ वर्षको सजाय सुनाइएको छ भने जबर्जस्तीकरणी मुद्दामा फैसला भई ११ जना थुनामा रहेका छन् ।

संस्थाले सामुदायिक प्रहरी, १० नम्बर वडा कार्यालय , जिल्ला प्रहरी कार्यालय र माइतीनेपालसंग समन्वय गरी समस्यामा परेका मानिसहरुको उद्घार गर्ने लगायतको काम गर्दै आएको छ । साना हातहरु नेपालले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राहदानी बनाउन आउनेहरुलाई सुरक्षित वैदेशिक रोजगारीका लागि परामर्श दिने काम समेत गरिरहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...