खैराङको कालिका माविको अध्यक्षमा सूर्य अर्याल

हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा रहेको कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सूर्यबहादुर अर्याल चयन भएका छन् । आइतबार भएको ४४ औं अभिभावक भेलाबाट अर्याललाई व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिको ज्येष्ठ सदस्य नारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले व्यवस्थापन समिति अध्यक्ष चयन गरेको हो । सदस्यहरुमा रेशम लोप्चन, णकुमारी अर्याल, सुनिता कोइराला, सूर्यबहादुर अर्याल र गणेशकुमारी राउत रहेका छन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको अभिभावक भेला उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...