Search
Close this search box.

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत


हेटौंडा । बागमती प्रदेश सरकारले सडक आश्रित तथा सहयोगी अपेक्षित मानवहरूको उद्धार, पुनःस्थापना र व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ कार्यविधि स्वीकृत गरेको छ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार, पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकपछि जानकारी दिँदै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले सडकमा आश्रित तथा संरक्षण आवश्यक भएका व्यक्तिहरूको उद्धार र व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्यविधि ल्याइएको बताउनुभयो।
त्यस्तै मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापन गर्ने निर्णय पनि गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan