Search
Close this search box.

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको भाउ आज एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३८ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार चार सय रुपैयाँ रहेको थियो ।

पछिल्ला केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । हिजो सुनको भाउ सात सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलामा एक हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan