हेटौंडा-१६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा प्रत्यक्ष निर्वाचनको झल्को दिने नमूना निर्वाचन आज सम्पन्न भएको छ । सामाजिक विषयको निर्वाचन सम्वन्धी विषयवस्तु पठनपाठन गर्न नमूना निर्वाचन अभ्यास स्वरुप यस्तो निर्वाचन सम्पन्न गरिएको हो । नमूना कार्यक्रम भएपनि निर्वाचन मार्फत विद्यार्थीले विद्यालयका लागि आवश्यक कप्तान तथा उपकप्तान तथा सदनगत कप्तान एवम् उपकप्तानहरु निर्वाचित गरेका छन् ।
प्रत्यक्ष निर्वाचन मार्फत विद्यालय कप्तानका लागि अंग्रेजी माध्यममा कक्षा ९ मा अध्ययनरत एरोन चौलागाई २ सय ८९ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी कक्षा ९ मा अध्ययनरत राजन गोलेले २ सय ६९ मत प्राप्त गरेका थिए । विद्यालय उपकप्तानका लागि ४ जना प्रतिस्पर्धी मध्ये अंग्रेजी माध्यमकै बिपासना गुरुङ्ग विजयी भएकी हुन् । उनकी नीकटतम प्रतिद्वन्दी नेपाली माध्यम कक्षा ९ मा अध्ययनरत छात्रा सानीयाँ राई ले १ सय ३० मत प्राप्त गरेकी थिइन् ।
निर्वाचन प्रक्रिया मार्फत नै विद्यालयका सदनगत कप्तान तथा उपकप्तान पनि निर्वाचित भएका छन् । जसअन्तर्ग रातो, हरियो, नीलो तथा पहेँलो सदनका कप्तान उपकप्तान बीच प्रतिस्पर्धा भएको थियो । रातो सदनबाट कप्तान र उपकप्तानमा क्रमश: प्रख्यात लामा र नमूना गौतम विजयी भएका हुन् भने हरियो सदनबाट सम्वृद्दी गौतम र करिस्ता दाहाल विजेता भएका थिए । त्यसैगरी पहेलो सदनबाट कप्तान तथा उपकप्तानमा क्रमश: यूनिक आचार्य र अनिमा महर्जन विजयी भएका थिए भने
नीलो सदनबाट नमूना श्रेष्ठ र संवत् तिमल्सेना विजयी भएका हुन् ।
निर्वाचनमा पूरा गर्नुपर्ने उम्वेदवारी दर्ता देखि दावी बिरोध, उम्वेद्वारी फिर्ता, प्रचारप्रसार, मौन अवधी, मतदान अघि र पछिको मूचूल्का प्रक्रिया, मतगणना प्रतिनिधी जस्ता सबै प्रक्रियाहरु पूरा गरिएको थियो । मत गणनाको प्रत्यक्ष जानकारी माइकिङ गरेर दिइँदै विद्यार्थीमाझ आम निर्वाचनको झल्को दिइएको थियो । नमूना निर्वाचन कार्यक्रममा हेटौँडा १६ का अध्यक्ष एवम् हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास संयोजक रामकृष्ण कोईरालाको प्रमूख आतिथ्यता तथा विव्यस अध्यक्ष मोहनप्रसाद वस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमूख अतिथि कोईरालाले विद्यालय तहबाटै नेतृत्व विकास तथा सामाजिक विषयमा अध्ययन गर्नुपर्ने निर्वाचन तथा संघीय व्यवस्थासम्बन्धमा व्यवहारिक रुपमा बुझाउनका लागि यस नामूना निर्वाचन निकै फलदायी रहने धारणा ब्यक्त गरे । यहीँबाट नेता र नेतृत्व उत्पादन हुने भन्दै उनले कार्यक्रमको सफलताको शुभकामना दिए ।
नमूना निर्वाचनलाई व्यवस्थित गर्न विद्यालयका पूर्व प्रधानाध्यापक एवम् सामाजिक विषय शिक्षक नमराज अर्याललाई र्निर्वाचन आयूक्तको जिम्मेवारी दिइएको थियो भने अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका थिए । निर्वाचन सचिवालयको भूमिकामा संप्रस पौडेलको संयोजकत्वमा शिक्षक टोली गठन गरिएको विद्यालयका मिडिया विभाग संयोजक सुनिल गौतमले जानकारी दिए । कार्यक्रममा स्काउटका विद्यार्थीलाई प्रहरीको भूमिका प्रदान गरिएको थियो भने रेडक्रस तथा कक्षा १० का विद्यार्थीले स्वयम्सेवकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा विद्यालयका सबै तहका शिक्षकहरुको उत्साहजनक सहभागिता र भूमिका रहेको थियो ।
नमूना निर्वाचन कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गीताप्रसाद न्यौपाने्, हेटौँडा १६ नं वडाका कार्यकारी प्रमूख दुर्गाप्रसाद न्यौपाने, विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाई, सहायक प्रअ रामआशिष मण्डल, अतिरिक्त क्रियाकलाप एवम् साँस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा नेपाली माध्यम संयोजक नीरबहादुर खड्का, विद्यालय बाल सहजकर्ता कृष्णप्रसाद अधिकारी, हेटौँडा १६ बाल सञ्जाल समूहका अध्यक्ष उज्जवल कोईराला लगायतको आतिथ्यता एवम् उपस्थिति रहेको थियो । कार्यक्रमको पर्यवेक्षकको भूमिका भने विद्यालय व्यवस्थापन समिति सदस्य गोविन्द दुलालले निर्वाह गरेका थिए ।
निर्वाचित प्रतिनिधिलाई आइतबार पद तथा गोपनियताको सपथ खुवाउने र प्रमाणपत्र वितरणल गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक भूपेन्द्र चौलागाईले जानकारी दिए ।


