Search
Close this search box.

जनप्रिय माविमा आधारभूत रेडियो उद्घोषण तालिम शुरु

जनप्रिय बाल समूह र हेटौंडा १६ वडा बाल सञ्जालको संयुक्त आयोजनामा ३ दिवशीय आधारभूत उद्घोषण तालिम आजबाट जनप्रिय माध्यमिक विद्यालयमा शुरु भएको छ । १६ नं वडा कार्यालको आर्थिक सहयोगमा शुरु गरिएको कार्यक्रमा वडा अध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास संयोजक रामकृष्ण कोईरालको प्रमूख आतिथ्यता रहेको थियो । जनप्रिय माध्यमिक विद्यालय अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्माले कार्यक्रमको अध्यक्षता गरेका थिए ।  

रेडियोकर्मी एवम् कुशल प्रस्तोता सञ्चारकर्मी आशिष दुलालले सहजिकरण गर्ने तालिममा हेटौंडा १६ नं वडाभर रहेका बाल सञ्जाल र विद्यालयका प्रतिनिधिमूलक बालबालिकाले तालिम लिनेगरी व्यवस्थापन गरिएको तालिम कार्यक्रम संयोजक रविन श्रेष्ठले जानकारी दिए । तालिममा सैद्दान्तिक भन्दा प्रयोगात्मक कक्षा हुने र रेडियो कार्यक्रम निर्माण तर्फ लक्षित हुने छ ।

कार्यक्रमको उद्घाटन सत्रमा वडा सदस्यहरु गुरुप्रसाद ढकाल, संगिता विक, नेका १६ नं वडा सभापति सोमनाथ दंगाल, जनप्रिय माविका विव्यस सदस्यहरु इन्द्रप्रसाद खतिवडा, बिन्दा बिक, हिमचुली कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पनेरु, चेतनशील दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष महेश ढकाल, घ्याम्पे टोलविकास संस्थाका अध्यक्ष बाबुकाजी श्रेष्ठ, महिला जागरण अध्यक्ष सीता कटुवाल बस्नेत, जनप्रिय बाल सञ्जाल फोकल शिक्षक कृष्णप्रसाद अधिकारी, वडा बाल सञ्जाल अध्यक्ष उज्जवल कोईराला लगायत आतिथ्यता रहेको थियो ।

जनप्रिय मावि मिडिया विभाग संयोजक सुनिल गौतमले सञ्चालन गरेको कार्यक्रमलाई शिक्षक संप्रस पौडेलले व्यवस्थाप गरेको तालिम संयोजक रविन श्रेष्ठले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan