Search
Close this search box.

आइतबार २२ दशमलव १४ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार गिरावट आएको छ । गत साता लगातार बढेको नेप्से यस साताको कारोबारको पहिलो दिन नै २२ दशमलव १४ अंकको गिरावट आएको हो ।

यससँगै नेप्से परिसूचक २१०९ अंकमा पुगेर रोकिएको छ । १ दशमलव ०३ प्रतिशतको गिरावट आउँदा आइतबार २९ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ ।

यस्तै, आइतबार ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता सेयर किनबेच भएको जनाइएको छ ।

गत साताको ४ दिन लगातार बढ्दै नेप्से परिसूचक ११२ अंकभन्दा बढीले उकालो लाग्दा २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan