Search
Close this search box.

प्रिन्सिपल एशोसियसन अफ नेपाल (प्यान) मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न

प्रिन्सिपल एशोसियसन अफ नेपाल (प्यान) मकवानपुरको जिल्ला अधिवेशन आज जनप्रिय माविको सभाहलमा सम्पन्न भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानको प्रमूख आतिथ्यता तथा जिल्ला समन्वय समिति मकवानपुर प्रमूख ललितबहादुर घलानको विशेष आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

भेलाले मकवानपुर जिल्ला नेतृत्व तथा मकवानपुरका १० वटै पालिकाका संयोजकहरु सर्वसम्मत चयन गरेको छ । प्रिन्सिपल एशोसियसन अफ नेपाल -प्यान_ मकवानपुरको जिल्ला अध्यक्षमा विष्णु श्रेष्ठ, उपाध्यक्षमा गोमा रानाभाट, सचिवमा रुपक रिजाल, कोषाध्यक्षमा गोविन्द उप्रेती र सहकोषाध्यक्षमा रामकृष्ण न्यौपाने सर्वसम्मत भएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि मोक्तानले शिक्षकहरु शैक्षिक गुणस्तर सुधार र शिक्षकहरुको एकताका  लागि प्रिन्सिपल एशोसियसन अफ नेपाल -प्यान_ मकवानपुरले सार्थकता पाउनेमा आफू विस्वस्त रहेको बताईन् । शैक्षिक उन्नयनका लागि आफूले प्रदेश मन्त्रालयबाट गर्ने सहयोगमा पनि पछि नपर्ने प्रतिवद्दता जाहेर गरिन् ।

प्रिन्सिपल एशोसियसन अफ नेपाल -प्यान_ का केन्द्रीय सहकोषाध्यक्ष राजुप्रसाद गौतम, वागमती प्रदेस सहकोषाध्यक्ष भूपेन्द्र चौलागाईको विशेष आतिथ्यता रहेको कार्यक्रममा जनप्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद वस्ताकोटी, सदस्यहरु इन्द्रप्रसाद खतिवडा, सुर्यकला तिमल्सिना, सहायक प्रअ रामआशिष मण्डल शिक्षा पत्रकार शुरेस श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । बन्द सत्रमा प्रधानाध्यापक केशवप्रसाद सञ्जेलको संयोजकत्वमा रहेको निर्वाचन मण्डलले २५ सदस्यीय प्यान जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan