जनप्रियमा तहगत गणित क्लब गठन

हेटौंडा १६ हटिया चिसापानीमा रहेको जनप्रिय माध्यमिक बिद्यालयमा गणित विषय क्लब गठन भएको छ । बिद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ४ देखि ९ सम्मका विधार्थीहरुको सहभागिता रहेको थियो।

विद्यार्थीहरुको भेलाले १९ सदस्सीय जनप्रिय गणित क्लब जुनियरमा अध्यक्ष स्वस्तिका लामिछाने सहितको टिमलाई जिम्मेवारी प्रदान गरेको हो ।
उपाध्यक्षमा रेमन स्याङतान चयन भएका छन् भने सचिबमा यश कुमार राम त्यसैगरी कोशाध्यक्षमा खुसि खातुन र सहसचिवमा गुडु ठकुरी चयन भएका छन् । जसमा शिक्षक सहजकर्ताको रुपमा शिक्षक श्रीजु ढकाल र सन्दिप कोईरालाले जिम्मेवारी पाएका छन् ।

त्यसैगरी गणित क्लब सिनियर तर्फ नेपाली माध्यम कक्षा ९ मा अध्ययनरत विद्यार्थी सानीयाँ राईको अध्यक्षतामा १९ सदस्सीय कमिटी गठन भएको छ । उपाध्यक्षमा आभास खाती चयन भएका छन् भने सचिवमा सारा गिरीले जिम्मेवारी पाएकी छिन् । त्यसैगरी कोषाध्यक्षमा सलिना बलामी र सहसचिवमा कञ्चन फूयाँलले जिम्मेवारी पाएका हुन् । शिक्षक सहजकर्तामा भने आशिष बल र रामकृषग्ण विकले जिम्मेवारी पाएका छन् ।

क्लबमार्फत गणितीय गतिबिधिहरुमा बालबालिकाको भूमिकालाई सक्रियता बढाइ विधार्थीहरुमा गणित प्रति रुचि अभिबृद्धि गर्ने र बिधार्थीमा नेतृत्व सीप विकास गर्ने गणित बिभागले बताएको छ । कार्यक्रममा अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग संयोजक युक्तलाल बिश्वकर्मा एवम् शिक्षक लक्ष्मी श्रेष्ठ समेतको उपस्थिति रहेको कार्यक्रमलाई गणित विभागका सहसंयोजक शिक्षक गोपाल घिमिरेले सहजीकरण गर्नुभएको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

हेटौंडा - हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेक...