मनहरीमा ३ वटा पक्की पुल निर्माण सम्पन्न, सांसद बानियाँले उद्घाटन गर्दै

हेटौंडा– मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट ४ वर्षअघि निर्माण सुरु गरेको पाँच वटा पक्की पुलमध्ये ३ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । मनहरीस्थित ट्वाङ्ग्रा खोला, मसिने खोला र च्यापल खोलामा निर्माण सम्पन्न भएको पुलको आगामी जेठ २६ गते एकसाथ उद्घाटन गर्ने तयारी छ ।

आइतबार बसेको गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटनको मिति तय गरेको हो । मकवानपुर क्षेत्र नं २ (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद ईन्द्रबहादुर बानियाँले पुल उद्घाटन गर्ने गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । मनहरी गाउँपालिकाले गत आर्थिक वर्ष ०७७ ७८ मा आन्तरिक श्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा वडा नं १, २, ३, र ४ जोड्ने च्यापल खोला, हाँडीखोला, ट्वाङ्ग्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुल निर्माण सुरु गरिएको थियो ।

बानियाँ हिराचन जेभीले ३ वटा पुल निर्माण सम्पन्न गरेको हो । ठाडोखोला र हाँडीखोलाको पुल निर्माणको काम भने आगामी मंसिरसम्म सम्पन्न भइसक्ने गाउँपालिकाले जनाएको छ । बानियाँ हिराचन जेभीकै ठेक्कामा निर्माण भइरहेको ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र भैरव नारायणम् जेभीले निर्माण गरिरहेको हाँडीखोला पुल निर्माण ६३ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

हेटौंडा - हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेक...