जनप्रिय नमूना माविमा नमूना श्रेष्ठको नमूना अभ्यास

जनप्रिय नमूना मावि हेटौंडा १६ मा पछिल्लो समय पठन संस्कृतिको प्रवर्धनका लागि कार्ययोजना सहित कार्यक्रमहरु शुरु भएको छ । जन्मदिनमा समितिका पदाधिकारी वा सदस्यले मात्र होइन, शिक्षक र विद्यार्थी समेतले विद्यालयलाई पुस्तक हस्तान्तरण गर्ने गर्दछन् ।

केहीदिन अघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद बस्ताकोटीको जन्मदिन रहेछ । जन्मदिनको करिब ३ बजेतिर उनी विद्यालय आए र आफ्नो जन्मदिनमा विद्यालयमा के गर्ने भनेर सुनाए । विद्यालयमा पठन संस्कृतिको कार्यक्रम चलेको होईन ?  यसका लागि मैले के गर्नुपर्छ ? प्रधानाध्यापक भूपेन्द्र चौलागाईले भने दाज्यू आफ्नो इच्छाअनुसारको पुस्तक हस्तान्तरण गर्नुहोस् । तत्कालै अध्यक्षले सोधे कति जतिको पुस्तक दिनुपर्छ ?  जति इच्छा लाग्छ त्यति तर करिव १० हजार जतिको किने हुन्छ होला । रमाईलो ठट्यौली संगै अध्यक्षले भैहाल्छ नी भने । त्यो दिन १० हजार बराबरको पुस्तक विद्यालयमा आईपुग्यो ।

त्यसो त पुस्तक हस्तान्तरण कार्य त्यतिबेला मात्र शुरु भएको होईन । जनप्रिय माविमा निकै लामो समय अघिदेखि पठन संस्कृति विकासको अभियान शुरु भएको रहेछ । जेष्ठ १९ गते कक्षा ७ अंग्रेजी माध्यम अध्ययनरत नमूना श्रेष्ठको जन्मदिन थियो । नमूना र उनकी मामू लक्ष्मी श्रेष्ठले सोधे पुस्तक हस्तान्तरण कसरी गर्ने ?  रु २ हजार बराबरको पुस्तक मैले सहयोग गर्दा हुन्न र ? उनको इच्छासँगै त्यो दिन पनि विद्यालयमा २ हजारको पुस्तक आइपुग्यो ।

विद्यालयले थालनी गरेको यो अभियान उदाहरणीय मात्र छैन पठन संस्कृतिको विकासमा यस्तो संस्कार सबै विद्यालयले अनुसरण गरे प्रविधिको पार्श्वप्रभावबाट अहिलेको पुस्तालाई केही हदसम्म न्यूनिकरण गर्न सकिन्थ्यो की !

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

हेटौंडा - हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेक...