Search
Close this search box.

शेयर बजारमा झिनो अंकको गिरावट

साताको अन्तिम कारोबारको दिन आज बिहीबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।

पछिल्लो समय शेयर बजारले गति लिन नसकेको अवस्थामा बिहीबार पनि झिनो अंकको गिरावट आएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ दशमलव ९३ अकंले घटेर २ हजार ७७ दशमलव ७८ बिन्दुमा पुगेर रोकिएको छ ।

यस्तै, आज ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको जनाइएको छ ।

यस्तै, आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan