Search
Close this search box.

सुनको भाउ आज एकै दिन ४ हजारले घट्यो

निरन्तर उकालो लागेको सुनको भाउ आज एकै दिन तोलामा चार हजार रुपैयाँले घटेको छ ।

अहिलेसम्मकै सर्वाधिक महँगो बनेको सुनको मूल्य आज भने चार हजारले सस्तिएको हो ।

प्रति तोला एक लाख ४५ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज ४ हजारले घटेर एक लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य भने एक लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रति तोला एक हजार ८ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य गत शुक्रवारको तुलनामा ७५ रुपैयाँले घटेको हो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan