Search
Close this search box.

राजश्व संकलनमा वृद्धि

आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको छ । पछिल्लो केही महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व सङ्कलन ४१ अर्ब १९ करोड रहेको छ । गत वर्ष सोही अवधिको सङ्कलन ३७ अर्ब रहेको थियो । यो ११।३० प्रतिशतको वृद्धि हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजश्व विभागले कूल ४ खर्ब ४८ अर्ब राजश्व सङ्कलन गरेको छ । यो गत वर्षको तुलनामा ९ दशमलव ६४ प्रतिशतले बढी हो ।

यस्तै, गत वर्ष जेठ मसान्तसम्मको राजश्व असुली ४ खर्ब ८ अर्ब थियो । गत वर्षभन्दा चालु आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजश्व सङ्कलनमा वृद्धि भएको विभागले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan