पछिल्लो समयमा देशको ७२ जिल्लामा डेंगू संक्रमित फैलिएका छन् । देशभर ७७ जिल्लामध्ये ७२ जिल्लामा डेंगू संक्रमित फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले जनाएको छ ।
उक्त महाशाखाका अनुसार, सन् २०२४ को जनवरीदेखि जुन २३ सम्मको अवधिमा देशभर १ हजार २ सय ६८ जनामा डेंगु देखिएका छन् ।
तीमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । त्यहाँ ४४२ जना सङ्क्रमित फेला परेका हुन् ।
यसैगरी, कोशी प्रदेशमा २९० जना, मधेस प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा १९० जना, लुम्बिनीमा १५१ जना र कर्णाली प्रदेशमा १९ जना र सुदूरपश्चिम प्रदेशका १४२ जनामा डेंगु पुष्टि भएको छ ।
केही प्रतिक्रिया छ कि ?