Search
Close this search box.

नेप्से सूचकमा गिरावट, ३ अर्ब ७१ करोड मात्रै

आज साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ ।

सेयर बजार परिसूचक नेप्से ८ दशमलव २४ अंकले घट्दै २ हजार ५१ दशमलव ९२ बिन्दुमा झरेको छ । अघिल्लो दिन नेप्से सूचक ११ दशमलव ६० अंकले घट्दै २ हजार ६० दशमलव १६ बिन्दुमा अडिएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार, आज सूचकसँगै यता कारोबार समेत घटेको छ । ८ दशमलव २४ अंकले नेप्से घटेको बजारमा आज ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

अघिल्लो दिन ११ अंक माथिले नेप्से घटेको बजारमा ४ अर्ब ५ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan