Search
Close this search box.

जनप्रिय माविलाई टेलिकमको निशुल्क फाइवरनेट

जनप्रिय मावि हेटौंडा १६ लाई नेपाल टेलिकम हेटौंडाले १ वर्षको निशुल्क 4G फाइवरनेट सुविधा उपलब्ध गराएको छ । टेलिकमले संस्थागत सामाजिक सेवा कार्यक्रम अन्तर्गत वागमती प्रदेशभरका १५ वटा विद्यालयलाई यस्तो सेवा प्रदान गरेको बताएको छ । आज एक कार्यक्रमकाबिच जनप्रिय माविलाई निशुल्क फाइवरनेट हस्तान्तरण गरिएको हो ।
हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यता तथा नेपाल टेलिकम हेटौंडाका प्रमुख शुशील प्रसाद साहको विशेष आतिथ्यता रहेको कार्यक्रमलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीले अध्यक्षता गरेका थिए । कार्यक्रममा नेपाल टेलिकम हेटौंडाका लेखा अधिकृत रमेशप्रसाद खतिवडा, व्यापार अधिकृत दीपक खड्का, सहायक व्यापार अधिकृत श्रीराम खतिवडा, विद्यालयका सल्लाहकार गुञ्ज बहादुर न्यौपाने, अर्जुनप्रसाद वाग्ले, विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रधानाध्यपक चौलागाईले दाता संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए भने टेलिकमका तर्फबाट प्रमुख साहले सहयोगबाट विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।
जनप्रिय मावि मिडिया विभाग संयोजक सुनिल गौतमले सञ्चालन गरेको कार्यक्रमलाई शिक्षक संप्रस पौडेलले व्यवस्थापन गरेका थिए । कार्यक्रममा शिक्षकहरु अनिता तिमल्सिना, अप्सरा दुलाल, गोपाल घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

जनप्रियकी छात्रा एरिना चौलागाईसहित उत्कृष्ट ३ कवि छनौट

यसैबीच आज नै भएको राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा जनप्रिय मावि हेटौंडा १६ की एरिना चौलागाईसहित ३ कविहरु उत्कृष्ट घोषित भएका छन् । मदन भण्डारी फाउण्डेशन हेटौंडाले आयोजना गरेको खुला कविता प्रतियोगितामा उनीहरु आज उत्कृष्ट घोषित भएका हुन् । प्राप्त भएका कविताहरुमध्ये पहिलो चरणमा १० उत्कृष्ट कविता छनौट भएपछि दोस्रो चरणमा उत्कृष्ठ ३ कवि छनौट गरिएको हो । विजेताहरु एरिना चौलागाईँ, बैकुण्ठ लामिछाने र कृष्मा लौडारीले जनही ६ हजार पुरस्कार राशी सहित प्रमाणपत्र प्राप्त गरेका थिए । वागमती प्रदेशका प्रथम मूख्य मन्त्री डोरमणी पौडेलको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई विशाल अधिकारी आशुतोषले सञ्चालन गरेका थिए । प्रतियोगिताको निर्णायकमा भने साहित्यकारहरु घनश्याम घिमिरे, मनोज पोखरेल र भावना सापकोटा रहेका थिए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan