Search
Close this search box.

हेटौंडामा इ–स्पट इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको फ्रेन्चाइज संचालन

हेटौंडा- हेटौँडामा इ–स्पट इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको फ्रेन्चाइज संचालनमा आएको छ।
उच्च शिक्षा हासिल गर्न विदेश जान चाहने विद्यार्थीहरूका लागि शैक्षिक परामर्श केन्द्रका रुपमा  इ–स्पट इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको फ्रेन्चाइज शुक्रबारबाट हेटौँडामा संचालनमा आएको हो।

उक्त  कन्सल्टेन्सीले आर्टीफीसियल इन्टेलिजेन्स इन्भारमेन्टमा इन्टरनेशनल ग्रयाजुएट, सेल्टा सर्टिफाइड र एक्सप्रेरिएन्स टीमद्वारा अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके र इन्डीया अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको र परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट प्रिपेसन कक्षासमेत सञ्चालन गर्दै आइरहेको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक जगदिश बिडारीले जानकारी दिए ।

हेटौँडाबाटै  अष्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायत र भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्नुको साथै भिसा प्रक्रिया र भाषा परीक्षा तयारी कक्षाहरू पनि सञ्चालन सुरु गरिएको बिडारीले बताए ।आज उद्घाटनको अवसरमा  केही कोर्सहरूमा विद्यार्थीलाई  विशेष छुट समेत  गरिएको उनले बताए  ।

काठमाडौंको पुतली सडकमा मुख्य कार्यालय रहेको यस संस्थाले हेटौंडामा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

इ–स्पट इन्टरनेशनलले २५ वर्षदेखि वैदेशिक शिक्षाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको र हजारौं विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श दिइसकेको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan