Search
Close this search box.

शिक्षक संगठन मकवानपुरको १८ औं जिल्ला परिषद सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १८ औं जिल्ला परिषद आज सम्पन्न भएको छ । परिषदमा १ वर्ष भित्र आफूले गरेको गतिविधिलाई समेटेर सचिव मुकुन्द न्यौपानेले साँगठनिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष भावना सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।
संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको अध्यक्षता रहेको परिषद् राष्ट्रिय सदस्य लक्ष्मी गजुरेलको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक संगठन बागमती प्रदेस समितिका महासचिव पूर्णबहादुर पूरीको विशेष आतिथ्यता रहेको थियो भने कोषाध्यक्ष लक्ष्मी चौलागाई, प्रचार विभाग प्रमुख सुनिल गौतम, सदस्यहरु बालकुमार श्रेष्ठ र लक्ष्मी अधिकारी प्याकुरेलको आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा बागमती प्रदेस पूर्व सचिवालय सदस्य एवम् शिक्षक हीत साकोस उपाध्यक्ष मोहन शर्मा, पेशागत महासंघ बागमती प्रदेस सदस्य मोहन न्यौपाने, संगठन मकवानपुर सल्लाहकार गोबिन्दप्रसाद चौलागाई, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल समेतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुर जिल्ला शिक्षक आन्दोलनकै जननी जिल्ला भएकोले संगठन र नेतृत्वलाई गलत गर्न छुट नभएको जिल्ला अध्यक्ष श्रीराम दाहालले बताए । यता प्रमूख अतिथि गजुरेलले शिक्षक संगठनको बर्तमान गतिविधिका बारेमा भेलालाई प्रष्ट पारेकी थिईन् । विशेष अतिथि पूरीले शिक्षक महासंघले एकतर्फी घोषणा गरेको महासंघको केन्द्रीय कमिटी पूर्ण रुपमा अवैधानिक रहेको जिकीर गरे । सांगठनिक प्रतिवेदनमाथि सुझाव पेश गर्दै शिक्षक धर्मेन्द्रप्रसाद अर्यालले शिक्षकहरुलाई चौतर्फी रुपमा गरिएको अपमानजनक व्यवहार विरुद्द एकबद्ध हुनेकुरा उल्लेख हुनुपर्ने बताएका थिए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan