एसईई ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क कक्षा संचालन

हेटौंडा उपमहानगरपालिकाले माध्यमिक शिक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क कक्षा संचालन गर्ने भएको छ ।

उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले आगामी साउन २ गतेदेखि २० गतेसम्म ग्रेडवृद्धि परीक्षाका लागि निःशुल्क कक्षा सञ्चालन गर्न लागेको हो ।

उक्त महाशाखाले एक सूचना जारी गर्दै हेटौंडा उपमहानगर अन्तर्गतका विद्यालयबाट एसईई परीक्षामा एनजी ल्याएका विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको हो । जारी सूचनामा विद्यार्थीलाई लक्षित गर्दै उपमहानगरपालिकाले ग्रेड वृद्धि परीक्षाको तयारीका लागि ५ वटा सामुदायिक विद्यालयमा बिहान ६ देखि १२ सम्म अनिवार्य विषयको कक्षा सञ्चालन गर्ने उल्लेख छ ।

जसमा हेटौंडा–३ को महेन्द्रकिरण माध्यमिक विद्यालय, हेटौंडा–४ को भूटनदेवी माध्यमिक विद्यालय, हेटौंडा–९ को प्रगति माध्यमिक विद्यालय, हेटौंडा–१३ को महेन्द्र माध्यमिक विद्यालय र हेटौंडा–१६ को जनप्रिय माध्यमिक विद्यालय रहेका छन् ।

निःशुल्क कक्षामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले ५ वटा विद्यालयमध्ये एउटामा रोजेर सहभागी हुन पाउनेछन् ।ग्रेडवृद्धि परीक्षा साउन २३ गतेबाट सञ्चालन हुनेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

मकवानपुर - नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताइन् । शनिवार हे...