ऋषिराम पाेखरेलकाे ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक

हेटाैंडा-पूर्वशिक्षक ऋषिराम पाेखरेलले आफ्नाे जीवनका विभिन्न अनुभूति समेटिएकाे पुस्तक अनुभूतिका आँखाहरु सार्वजनिक गरेका छन् । सर्जक सञ्जाल मकवानपुरले बुधबार एक कार्यक्रमकाे आयाेजना गरी पाेखरेलकाे पहिलाे कृति सार्वजनिक गरेकाे हाे ।

पुरस्कारकाे प्रकाशककाे रुपमा पुरनबहादुर जाेशी रहेका छन् । लेखक पाेखरेलले आफ्नाे कृतिलाई अनुस्मरण मानेका छन् । प्रकाशित कृतिमाथि समालाेचक तथा साहित्यकारहरुले विविध काेणबाट समालाेचना गरेका थिए । कृतिमाथि टिप्पणी गर्दै समालाेचक घनश्याम घिमिरेले कृतिमा लेखक आफूले भाेगेका विभिन्न अनुभवहरु र गरेका अनुभूतिहरु जस्ताकाे तस्तै किताबमा उतारेकाे बताए । कृतिकारले समाजमा रहेका स्वार्थी व्यक्तित्व र वैचारिक रुपमा स्खलित भएकाहरुप्रति कडा प्रहार गरेकाे घिमिरेकाे टिप्पणी छ । कृतिमा कलात्मक र साहित्यिक पक्षमा भने केही कमजाेरी रहेकाे घिमिरेकाे भनाइ छ ।

कार्यक्रममा साहित्यकार देवराज तिवारी र शान्तिप्रिय बन्दनाले पनि कृतिभित्रकाे वैचारिक पाटाे, नारीवादी चेतका साथ विभिन्न सकारात्मक र सुधारात्मक पाटाेबारे चर्चा गरे । सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा शिक्षासेवी देव श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा कृतिकार पाेखरेल, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटाैंडा-४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देल, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष ईन्द्र नेपाललगायतले शुभकामनाका साथ आफ्ना धारणा राखेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

मकवानपुर - नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताइन् । शनिवार हे...