Search
Close this search box.

भन्सार छलीका ५ थान आईफोनसहित एक जना पक्राउ


हेटौँडा । मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याइएका पाँच थान आईफोनसहित एक जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान करिब ११ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा बिलबिजक नभएका पाँच थान आईफोन–१३ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१ पर्साका २७ वर्षीय विक्की कुमार साहले चलाएको सुमो गाडीबाट उक्त मोबाइल बरामद गरिएको हो।
बरामद मोबाइलसहित साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan