Search
Close this search box.

हेटाैंडा-१८ मा खाेलाले बगाउँदा १० वर्षिया बालिकाकाे मृत्यु

हेटाैंडा- वर्षासँगै आएकाे भेलले बगाउँदा हेटाैंडा-१८ मा १० वर्षीया बालिकाकाे मृत्यु भएकाे छ । बुधबार दिउँसाे करिब साढे ३ बजेकाे समयमा हेटाैंडा-१८ स्थित बराैलीखाेलाले बगाएर १० वर्षीया रसमती बलकाे मृत्यु भएकाे हाे ।

खेतमा जाने क्रममा  चिप्लेर खाेलामा पर्दा स्थानीय धनबहादुर बलकी छाेरी रसमतीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

प्रहरी चाैकी  ठुलोदमारमा खबर प्राप्त हुनासाथ घटनास्थल पुगेकाे प्रहरीले  घटनास्थलबाट अन्दाजी. ५०० मिटर तल पानीमा मृत अवस्थामा बालिकाकाे शव फेला पारेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan