हेटौंडा – मकवानपुर जिल्ला कै शैक्षिक क्षेत्रमा अगुवा र उत्कृष्ट सामुदायिक विध्यालय भुटनदेवी माध्यमिक विद्यालयले एक दिने वार्षिक योजना तथा बजेट निर्माण कार्यशाला-२०८१ सञ्चालन गरेकाे छ । २०८१ सालकाे एसईई परीक्षामा गुणस्तरमा मकवानपुर जिल्ला कै प्रथम स्थान हासिल गर्न सफल विद्यालयले आगामी २०८१/०८२ वर्ष अझ व्यवस्थित शैक्षिक याेजनासहित अगाडि बढ्न कार्यशाला आयाेजना गरिएकाे हाे ।
कार्यशालामा भाैतिक पूर्वाधारकाे विकास, शैक्षिक विकास, विध्यार्थीकाे समग्र विकासकाे लागि अतिरिक्त क्रियाकलाप र श्राेतकाे खाेजी, परिचालन र पारदर्शीता ४ वटा विषयमा समूह बनाई छलफल गरिएकाे थियाे । छलफल पश्चचात भाैतिक पूर्वाधार विकासबारे शिक्षक सरस्वती अधिकारी, शैक्षिक विकास बारे शिक्षक सूर्य घिमिरे, अतिरिक्त क्रियाकलापबारे शिक्षक सुमन श्रेष्ठ र श्राेतकाे खाेजी, परिचालन र पारदर्शीता बारे विध्यालयका बालकृष्ण दाहालले समूहका सुझावहरू प्रस्तुत गर्नु भएकाे विध्यालयका सप्रअ भरत पाेखरेलले जानकारी दिए ।
जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक र कर्मचारी सहभागीता रहेकाे कार्यशालाकाे उदेश्यबारे विध्यालयका प्रधानाध्यापक माधव दाहालले प्रष्ट पारेका थिए । कार्यशालामा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले याेजनाबद्व र व्यवस्थित रूपमा शैक्षिक विकास र उन्नयनकाे लागि अगाडि बढ्न कार्यशाला आयाेजना गरिएकाे बताए ।
हेटाैँडा-४ काे वडा अध्यक्ष समेत रहेका सिग्देलले विकासकाे सबैभन्दा महत्वपूर्ण क्षेत्र शिक्षा भएकाेले सामुदायिक र संस्थागत विध्यलय बीचकाे सहकार्य र प्रतिस्पर्धाद्वारा शिक्षामा गुणस्तर सुधार गर्न वडा कार्यालय लागिपरेकाे बताए ।
१२ कक्षासम्म अध्ययन हुने यस विध्यालयमा करिव २३ सय विध्यार्थी अध्ययनरत छन् भने सिभिल ईन्जीनियरिङ्ग, व्यवस्थापन, विज्ञान विषय र सिटिभिटी तर्फ ३ वर्षे डिप्लाेमा ईन्जिनियरिङ्ग बिद्यालयले अध्यापन गराउँदै आएकाे छ । कार्यशालामा समूहगत छलफलबाट निकालिएकाे निष्कर्षलाई विध्यालयकाे आगामी कार्ययाेजनाकाे रूपमा अगाडि बढाउन प्रधानाध्यापक माधव दाहालकाे संयाेजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएकाे सहप्रअ भरत पाेखरेलले जानकारी दिए ।