Search
Close this search box.

पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

हेटाैंडा-विद्यार्थीलाई सीपका साथ राेजगारीमा जाेड्ने उद्धेश्यले चितवनको भरतपुर ११ मा रहेको आरम्भ कलेजले पढ्दै कमाउदै भन्ने नारालाई सार्थकता दिँदै आएकाे छ । हाेटल म्यानेजमेन्टकाे स्नातक (बीएचएम) र बीआइएमको पढाई सञ्चालन गरिरहेको  कलेजले आकर्षक छात्रवृत्तिका साथ पढाईलाई गुणस्तरीय बनाउँदै लगेकाे आइतबार हेटाैंडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हाे ।

कलेजको विशेषता र दिँदै आएको सेवा सुविधाका विषयमा जानकारी दिने उद्देश्यका साथ पत्रकार सम्मेलनको आयोजना गरिएको थियाे । कलेजमा चितवनसहित मकवानपुर र आसपास जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको कलेजका बिएचएम कार्यक्रम प्रमुख दिपेन्द्र सुवेदीले जानकारी दिए । बीएचएम र बीआइएम विद्यार्थीको भविष्य उज्वल हुने विषय भएको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले दावी गरे ।

उनका अनुसार बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमाका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । छात्रवृत्तिको समेत व्यवस्था रहेको जानकारी दिइएको छ । अनुभवी समूहबाट कलेज सञ्चालन गरिरहेको जानकारी दिँदै मकवानपुरबाट चितवनको आरम्भ कलेज गएर पढ्न चाहनेलाई छुटको व्यवस्था समेत रहेको शिवाकोटीले बताए । पत्रकार सम्मेलनमा कलेजका निर्देशक बाबुराम पौडेल, देवराज दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan