Search
Close this search box.

पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

हेटाैंडा-विद्यार्थीलाई सीपका साथ राेजगारीमा जाेड्ने उद्धेश्यले चितवनको भरतपुर ११ मा रहेको आरम्भ कलेजले पढ्दै कमाउदै भन्ने नारालाई सार्थकता दिँदै आएकाे छ । हाेटल म्यानेजमेन्टकाे स्नातक (बीएचएम) र बीआइएमको पढाई सञ्चालन गरिरहेको  कलेजले आकर्षक छात्रवृत्तिका साथ पढाईलाई गुणस्तरीय बनाउँदै लगेकाे आइतबार हेटाैंडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हाे ।

कलेजको विशेषता र दिँदै आएको सेवा सुविधाका विषयमा जानकारी दिने उद्देश्यका साथ पत्रकार सम्मेलनको आयोजना गरिएको थियाे । कलेजमा चितवनसहित मकवानपुर र आसपास जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको कलेजका बिएचएम कार्यक्रम प्रमुख दिपेन्द्र सुवेदीले जानकारी दिए । बीएचएम र बीआइएम विद्यार्थीको भविष्य उज्वल हुने विषय भएको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले दावी गरे ।

उनका अनुसार बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमाका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । छात्रवृत्तिको समेत व्यवस्था रहेको जानकारी दिइएको छ । अनुभवी समूहबाट कलेज सञ्चालन गरिरहेको जानकारी दिँदै मकवानपुरबाट चितवनको आरम्भ कलेज गएर पढ्न चाहनेलाई छुटको व्यवस्था समेत रहेको शिवाकोटीले बताए । पत्रकार सम्मेलनमा कलेजका निर्देशक बाबुराम पौडेल, देवराज दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan