Search
Close this search box.

मर्मतको लागि पोखरा उडेको जहाज उड्नेबित्तिकै दूर्घटना, उद्धार कार्य जारी

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराको लागि उडेको सौर्य एयर लाइन्सको जहाज दूर्घटना भएको छ । विमानस्थलबाट उड्नेवित्तिकै जहाज नजिकैको भुईमा खसेको थियो । यो दूर्घटना बिहान करिब ११ बजे भएको हो ।

९ एन–एएमई जहाजमा १९ जना सवार रहेको जनाइएको छ । सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । जहाजमा एयरलाइन्सका प्राविधिक र इन्जिनियरहरु रहेको बताइएको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको बताए । .दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ । अन्य यात्रुको उद्धारको काम भइरहेको छ । यो समाचार तयार गर्दासम्म १३ जनाको शव दुर्घटनास्थलबाट निकालिएको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको जनाइएको छ । उद्धारको काम नसकिएसम्म विमानस्थल नखोल्ने बताइएको छ । आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ । दुर्घटनापछि गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् ।
तस्बिर स्रोतः अनलाइनखबर

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan