पोखरा– ७/७ दिने निः शुल्क वेब डेभलपमेन्ट र यूएक्स तथा यूआई डिजाइन सम्बन्धी तालीम सम्पन्न गरेको पोखराको ईकमर्स साथी नामक कम्पनीले थप सिक्न इच्छुकलाई ३० दिने वेब डेभलपमेन्ट र ९० दिने यूएक्स तथा यूआई डिजाइनको सशुल्क तालिम दिने भएको छ ।
सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यवसायलाई अनलाइनमा क्षेत्रमा लैजाँदा वेबसाइटले निकै महत्त्वपुर्ण भूमिका निर्वाह गरेको पाउँछौ । यसो हुँदा धेरैले व्यवसाय दर्ता गर्दा गर्नु अगावै वेबसाइट बनाउदछन्। अहिलेको समयमा बिना कोडिंग वेबसाइट वर्डप्रेस, विक्स साइट, ब्लग्गर जस्ता सिस्टमको प्रयोगबाट सजिलै Dynamic वेबसाइटहरु बनाउन सकिन्छ । बजारमा कुनै पनि व्यापारी तथा व्यवसायकले धेरै पैसा लगानी गरेर वेबसाइट बनाउन खोज्दैनन्। कम रकममा कोडिंगबाट वेबसाइट बनाउन सम्भव पनी नरहने हुनाले बिना कोडिंग वर्डप्रेस जस्तो सिस्टमबाट बनाएका वेबसाइटहरु धेरै चर्चित छन् । यस्ता वेबसाइटहरु जस्तो सुकै व्यक्तिले सानो सानो कुराहरु आफैले मिलाउन , परिवर्तन गर्न सकिने हुनाले भावी दिनमा खर्च पनि कम आउने र आफैँले सिकेर बनाउदा फाइदा पनि हुने, अरुमा निर्भर रहन नपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय कुमालले बताए ।
३० दिने कार्यक्रममा डोमेन, होस्टिंग दर्ता देखि बजारमा चर्चित र अत्याधिक माग भएका विभिन्न ५ प्रकारको वेबसाइटहरु विजनेस वेबसाइट, न्यूज पोर्टल, इकमर्स वेबसाइट, लर्निक म्यानेजमेन्ट सिस्टम, ब्लग वेबसाइट बनाउने, साथै आधारभूत SEO, वेबसाइट Security देखि अन्य थेरै कुरा सिकाइने छ।
कार्यक्रम श्रावण १३ गते बाट बेलुका ७ देखि ८ बज्ने हुने बताइएको छ। उक्त कार्यक्रममा सहभागी हुन ६ हजार पाँच सय शुल्क निर्र्धारण गरिएको छ । तालिममा विजय कुमालले प्रशिक्षण दिनेछन् । तालिममा सहभागी हुन यहाँ क्लिक गर्नुहोस।
त्यसैगरि नेपालमा वेबसाइट, एप्प, सफ्वेवर बनाउनु पूर्व कस्तो डिजाइन गर्ने, कुन कुन रङ प्रयोग गर्ने, कसरी प्रयोगकर्तामैत्री बनाउने भन्नेबारे पूर्व योजना बनाउने अभ्यास नभएको तर अन्य देशमा यसको माग अत्यधिक रहेको हुदा कम्पनीले ९० दिने कक्षा संचालन गर्न लागेको कम्पनी सह संचालिका ममता शाहले बताइन् ।। तालिम यही १३ श्रावणबाट प्रत्येक दिन साँझ ७ बजेबाट सुरू हुनेछ। उक्त तालीम शुल्क रु. १५००० रहेको छ। तर इक्छुकले प्रति महिना रु. ५००० तिरेर पनी सिक्न सकिने शाहले बनाइन। उक्त तालीम सिद्दार्थ द्विवेदीले दिनुहुने छ। कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नुहोस।
तालीम पश्चात ३ महिने Internship साथै Job Placement को पनी व्यवस्था रहेको छ। साथै दैनिक तालीम रेकर्ड भर्जन, सर्टिफिकेट, आवश्यक सम्पुर्ण सामग्री कम्पनीले उपलब्ध गराउने छ।
