Search
Close this search box.

हेटौंडामा छात्रवृत्तिको परीक्षामा सहभागी ४ जना नक्कली परीक्षार्थी पक्राउ

हेटौंडा– डिप्लोमा प्रमाणपत्र तहको वर्गिकृत (निःशुल्क) छात्रबृत्ति परीक्षामा सहभागी ४ जना नक्कली परीक्षार्थीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौडा– ४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा सानोठीमी भक्तपुरद्धारा संचालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गिकृत छात्रवृत्ति परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा परीक्षा दिइरहेका ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बारा परवानीपुर नगरपालिका–२ बस्ने २० वर्षीय नरेन्द्र महतोले रौतहट घर भएको १९ वर्षीय असाब आलमको नाममा परीक्षा दिइरहेको भेटिएको हो भने चितवन भरतपुर महानगरपालिका ८ बस्ने १५ वर्षीय नाबालकले सोही स्थान बस्ने १८ वर्षिय निमेश राय यादवको ठाउँमा परिक्षा दिएको भेटिएको हो । त्यस्तै सर्लाही बिष्णु गाउँपालिका ७ बस्ने १८ वर्षीय राजीव कुमार राउतले जिल्ला सिराहा घर भएको बर्ष १८ को ललन कुमार यादवको ठाउँमा परीक्षा दिइरहेको फेला परेको थियो भने रौतहट गरुडा नगरपालिका २ बस्ने बर्ष १८ को लाल बाबु सहनीले जिल्ला सर्लाही बस्ने १८ वर्षीय सुनिल महतोको ठाउँमा परिक्षा दिएको पाइएपछि नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार बिहान ९ बजेको समयमा परिक्षा केन्द्रबाट खटिएकोका परीक्षा निरीक्षकले नक्कली परीक्षार्थीको आशंकमा प्रहरीलाई खबर गरेको थियो । पक्राउ परेका चारैजनालाई आवश्वक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan