Search
Close this search box.

पार्टीबाट नियुक्त मुख्यमन्त्री र मन्त्रीलाई कांग्रेसको शुभकामना

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश समितिले आफ्नो पार्टीबाट बागमती प्रदेश सरकारमा नियुक्त भएका मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई बधाई ज्ञापन गरेको छ । पार्टीले बुधबार बिहान प्रदेश राजधानी हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै पार्टीका तर्फबाट बागमतीको मुख्यमन्त्रीमा नियुक्त बहादुरसिंह लामा र ७ जना मन्त्रीहरुलाई बधाईका साथ शुभकामना ज्ञापन गरेको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा बागमतीका नवनियुक्त मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । पार्टी प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै पार्टीसँगको समन्वय र सहकार्यमा आम नागरिकको हितमा काम गर्न आग्रह गरे । नवनियुक्त मन्त्रीहरुले कसरी प्रदेशको हितमा केन्द्रित भएर जनपक्षीय काम गर्नुपर्छ भन्नेबारेमा पार्टीले सुझावसमेत दिएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।

बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा पार्टी प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, पार्टी प्रदेश महामन्त्री कन्चनचन्द्र बादे, सहमहामन्त्री जीवन डंगोल, जिल्ला सभापतिहरुको तर्फबाट मकवानपुरका सभापति बुद्ध लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मुख्यमन्त्री बहादुरसिंह लामाले पार्टीसँगको समन्वय र सहकार्यबाट प्रदेशबासीको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।

बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा लामासहित आर्थिक मामिला तथा योजना मन्त्रीमा कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजना मन्त्रीमा सुरजचन्द्र लामिछाने, सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्की, खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्रीमा श्यामबहादुर खड्का, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा विमल ठकुरी, युवा तथा खेलकुद मन्त्रीमा मीनकृष्ण श्रेष्ठ र विनाविभागीय मन्त्रीमा मदुकुमार श्रेष्ठ चयन भएका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan