Search
Close this search box.

कांग्रेसको भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा २४ जना मनोनित

काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस बागमती प्रदेशको भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा २४ जना सदस्य मनोनीत गरेका छन् ।

कांग्रेस बागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागको प्रमूख बिक्रम लामाको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यतामा काठमाडौंको नयाँ वानेश्वरमा शनिबार भएको सदस्य मनोनित कार्यक्रम बागमती प्रदेशका १३ जिल्लाका २४ सदस्यलाई विभागमा मनोनीत गरिएको थियोे ।

सदस्य मनोनित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले अहिले ब्यवस्था जोगाउन र देशको समृद्धिको लागि प्रमूख दुई ठुला दल मिलेर सरकार बनाएकाले यो सरकारलाई असफल हुने छुट नभएको बताए ।

प्रत्यक्ष निर्वाचनमा नै समानुपातिक, समाबेशिताको सुनिश्चितता गरी संविधान संशोधन आवश्यक रहेको बताउँदै सभापति बानियाँले राणा, राजा र माओवादीसम्मलाई मिलाएर देश र जनताको हितमा काम गरेको कांग्रेस पछि पर्नुमा आन्तरिक मनमुटाव प्रमूख कारण रहेकाले यसको लागि केन्द्रीय नेतृत्व तहले विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा विभागमा सदस्यहरु चेत बहादुर तामाङ, सन्तोष कुमार रोक्का, नेत्रमान प्रधान, रामेश्वर पुडासैनी, राजकुमार चौरेल, बिनुलक्ष्मी ताम्राकार, खड्कप्रसाद सिवकोटी, बिकास काजी श्रेष्ठ, म्हेन्दो लामा, छिरिङ डोल्मा लामा मनोनित भएका छन् ।

त्यस्तै चेतना थापा कार्की, निर्मल लामा स्याङ्तान, कविता भट्टराई, हरी पनेरू, पदमबहादुर भण्डारी, अशोककुमार तण्डुकार, शिवकुमार खड्का, बाबुराम प्रधान, राज ढुंगाना, दिपेन्द्र खरेल, कमल खत्री, रमेश पौडेल, राजन कार्की र निर्मल थापालाई विभागको सदस्यमा मनोनित गरी प्रमाणपत्र वितरण गरिएको थियो ।

बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु उपस्थिति रहेको कार्यक्रममा प्रदेश सदस्य जगदिशनरसिं केसी, बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भंडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan