Search
Close this search box.

खेलकुद पूर्वाधार निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनको निर्देशन

हेटौंडा – बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौंडा–६ मा रहेको गौरीटार रंगशालास्थित खेलकुद पूर्वाधार निर्माणको काम निर्धारित समयभित्रै सम्पन्न गर्न सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई निर्देशन दिएका छन् ।

मन्त्री महर्जनले सम्बन्धित कार्यालयका प्रमुख, निर्माण व्यवसायी कम्पनीका प्राविधिक लगायतको टोलीसँगै आज रंगशालाको स्थलगत अवलोकन गरी निर्माण कार्य चाँडै सम्पन्न गर्न र मर्मत सम्हारतर्फ पनि ध्यान दिन निर्देशन दिएका हुन् ।

खेलकुद पूर्वाधार समयमै नबन्दा खेलकुदसँग सम्बन्धित गतिविधि अगाडि बढाउन कठिनाई भएको भन्दै यथासक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।
वर्षौैँ अघि सुरु भएतापनि हालसम्म निर्माणको कामले पूर्णता नपाउँदा निर्माणाधिन संरचनामा समेत टुटफुट तथा अन्य समस्या देखिएको छ । प्याराफिटमा राखिएका कुर्सीहरु भाँचिएका छन् भने ढोकाहरु कुहिने अवस्थामा पुगिसकेको छ ।

स्थलगत अवलोकनका क्रममा सामाजिक विकास कार्यालय हेटौंडाका प्रमुख गोपाल कँडेलले फुटबल प्याराफिट निर्माणको कार्य करिब ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै अब निर्माण कार्यमा तीब्रता दिइने बताए ।

तत्कालिन अवस्थामा सामाजिक विकास मन्त्रालय मातहतको सामाजिक विकास कार्यालयमार्फत् पूर्वाधार निर्माणको काम सुरु भएको थियो । प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय स्थापनापूर्व प्रदेश खेलकुद विकास परिषद् सामाजिक विकास मन्त्रालय मातहत थियो ।

गौरीटारस्थित फूटबल मैदान काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालापछि दोस्रो ठूलो मैदान हो । मैदान र प्याराफिट निर्माणको कार्य गत आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको भएतापनि केही ढिलो हुन गएको र अब चाँडै सम्पन्न गरिने कार्यालय प्रमुख कंडेलले बताए ।

फुटबल रंगशालामा ४ हजार ५०० दर्शक क्षमताको प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रातको समयमा समेत फुटबल प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको उनको भनाइ छ । फुटबल रंगशाला निर्माण सम्पन्न गर्न करिब ३० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

अवलोकनका क्रममा प्रदेश खेलकुद विकास परिषद्का प्रमुख बद्री पाठक, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाईँ, मन्त्रालयका इन्जिनियर निमेश बर्तौलालगायत सरोकारवालाहरुको उपस्थिति थियो ।

२३ बिघा क्षेत्रफलमा रहेको रंगशाला निर्माणमा करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यसमा फूटबल मैदानसँगै पौडी पौखरी, क्रिकेट, एथलेटिक्सका लागि पूर्वाधार, फिटनेस सेन्ट्रर लगायत २१ वटा खेल संरचना निर्माण भइरहेका छन् ।

रंगशालाभित्र खेलाडीका लागि छुट्टै कोठाहरू, आवासगृह, शौचालय, मिडिया सेन्टरका लागि विशेष कक्ष, प्रतियोगिता सञ्चालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना र खेलाडीलाई लाग्न सक्ने चोटपटकको उपचारका निम्ति चिकित्सक बस्ने छुट्टै कक्ष लगायत थुप्रै पूर्वाधार बन्ने जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

खेलकुद पूर्वाधार निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनको निर्देशन

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

खेलकुद पूर्वाधार निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनको निर्देशन

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

खेलकुद पूर्वाधार निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनको निर्देशन

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

खेलकुद पूर्वाधार निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनको निर्देशन

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

खेलकुद पूर्वाधार निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनको निर्देशन

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

खेलकुद पूर्वाधार निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनको निर्देशन

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

खेलकुद पूर्वाधार निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनको निर्देशन

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

खेलकुद पूर्वाधार निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनको निर्देशन

मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan