Search
Close this search box.

हेटाैंडा अस्पतालमा अब अतिरिक्त सेवा, राेजेकाे चिकित्सकसँग जाँच गराउन सकिने

हेटाैंडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तरगत रहेकाे हेटाैंडा अस्पतालले विस्तारित बहिरंग सेवा सञ्चालन गर्ने भएकाे छ । बिरामीहरुकाे चापलाई मध्यनजर गर्दै अस्पतालले साँझ ४ बजेदेखि ६ बजेसम्म विशेषज्ञसहितकाे स्वास्थ्य सेवा दिन लागेकाे हाे ।

अस्पतालले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आगामी आइतबार भदाै १६ गतेबाट अतिरिक्त सेवा प्रदान गर्न लागिएकाे जानकारी दिएकाे हाे । अतिरिक्त बहिरंग सेवाका लागि बिरामीले चाैबिसै घण्टा टिकट काट्न सकिने र याे सेवामा स्वास्थ्य बिमा भने लागू नहुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकाेटाले जानकारी दिए । बिस्तारित बहिरंग सेवाका लागि बिरामीले डाक्टर राेजेर जँचाउन सक्नेछन् । जसकाे लागि अस्पताल प्रशासनले एक हप्तासम्म उपलब्ध हुने विशेषज्ञ डाक्टरहरुकाे सूची दिनेछ ।

अस्पतालले शनिबारबाहेक हरेक दिन साँझ ४ देखि ६ बजेसम्म जनरल मेडिसिन सेवा, स्त्री तथा प्रसुती विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नशा तथा हाडजोर्नी विशेषज्ञ सेवा, जनरल सर्जरी, मनोरोग (मानसिक) सेवा र भिडियो एक्सरे सेवा उपलब्ध गराउने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चाैलागाईंले बताए ।

विस्तारित सेवाका लागि चिकित्सक शुल्क पाँच सय निर्धारण गरिएकाे छ भने ल्याब परीक्षण, ओैषधि शुल्क भने साविककै दरमा प्रदान गरिने अस्पतालका निर्देशक डा.धिरेन्द्र गिरीले बताए । अस्पतालकाे ओपिडीमा दैनिक १ हजारभन्दा बिरामीले जाँच गर्ने गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan