Search
Close this search box.

१४ किलाे चरेशसहित धादिङ गजुरीका २ जना पक्राउ

हेटाैंडा- मकवानपुर प्रहरीले लागुओैषध चरेशसहित धादिङ जिल्ला गजुरी गाउँपालिका स्थायी निवासी २ जनालाई पक्राउ गरेकाे छ ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले गत शुक्रबार साँझ हेटाैंडा-१५ रातोमाटे चेकपोष्टमा चेकजाँचका क्रममा १४ किलाे चरेशसहित धादिङ गजुरी गाउँपालिका-८ का वर्ष ४२ को केदार तामाङ र साेही ठाउँका ३६ वर्षीय सुकमान तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएकाे हाे ।

हेटौडाबाट पथलैयातर्फ जादैं गरेको ना ७ ख ६०६१ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार रहेका २ जनामाथि खानतलासी गर्दा लागुओैषध चरेश फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।   लागुऔषध सहित पक्राउ परेका केदार तामाङ र सुकमान तामाङलाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको  म्याद थप गरी अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालउ मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan