Search
Close this search box.

कांग्रेस बागमती प्रदेश महिला समितिलाई पूर्णता

हेटाैंंडा- नेपाली कांग्रेस बागमती प्रदेशकाे महिला समितिले पूर्णता पाएकाे छ । पार्टी सहमहामन्त्री जीवन डंगाेल संयाेजक रहेकाे २७ सदस्यीय महिला समितिलाई पूर्णता दिइएकाे हाे ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बिहीबार समितिकाे सदस्यहरुलाई नियुक्ति गर्दै प्रमाणपत्र वितरण गरेका हुन् । समितिमा प्रदेशका १३ जिल्लाका प्रतिनिधिमुलक महिलालाई समेटिएकाे छ । समितिकाे सदस्यहरुमा बागमती प्रदेशसभा सदस्य यांकिला शेर्मासहित डा. शुष्मा बराल, राज्यलक्ष्मी पाँडे श्रेष्ठ, कल्याणी खड्का, गीताकुमारी न्याैपाने, अनुपा श्रेष्ठ, शान्ता कार्की, अप्सरा थापालगायत रहेका छन् । समितिकाे सदस्य सचिवमा दया लामिछाने मैनालीलाई नियुक्त गरिएकाे छ ।

समितिलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभापति बानियाँलगायत पदाधिकारीकाे उपस्थिति रहेकाे पार्टीका मुख्यसमित राजु नेपालले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan