हेटौंडा- तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष सन्देश थिङले आफ्नाे जन्मदिनकाे अवसरमा मनहरीकाे एक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका छन् । मनहरी-२, भुन्द्रुङ्गटांडीमा रहेकाे सीता माध्यमिक विद्यालयका कक्षा १ देखि ५ कक्षासम्मका करिब २ सय विद्यार्थीलाई शुक्रबार शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
सीता माविका पूर्व विद्यार्थीसमेत रहेका थिङले आफ्नाे २८ औं जन्मदिनको अवसरमा विद्यार्थीलाई कपी र सामुहिक रुपमा खेल्नका लागि २ थान फुटबल हस्तान्तरण गरे । अध्ययनका लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि करिब ३ घण्टा हिँडेर आउनुपर्ने बाध्यतामा रहेका न्यून वर्गीय परिवारका विद्यार्थीलाई पढाईमा थप हाैसला बढाउन शैक्षिक सामाग्री सहयाेग गरिएकाे थिङले बताए ।
मनहरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजकुमार पाख्रिनको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा, शिक्षक बुद्ध बुढाथाेकी, अखिल समाजवादी केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर इन्चार्ज सुर्य बहादुर गोले, नेपाल तामाङ कलाकार संघ मकवानपुर सचिव विक्रम लुङ्बा, सदस्य हेमकुमार तितुङ नेपाली काँग्रेस मनहरी २ नम्बर वडा इकाई उपसभापति शान्ति माया थिङ, सचिव सोबित वाईबा, माविका शिक्षक अभिभावक संघ अध्यक्ष रविन्द्र डिमडुङ, नेकपा एमाले मनहरी २ नम्बर वडा कमिटी अध्यक्ष इन्द्रदेव वाईबा, अखिल समाजवादी मकवानपुर अध्यक्ष सुवास तामाङ, दिगो विकास सहकारी अध्यक्ष माधव स्याङ्तान लगायतले मन्तव्य दिए। कार्यक्रम माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थिङकाे सभाध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

