नेपाल विद्यार्थी संघ वन विज्ञान सभापतिमा ठकुरी

हेटौंडा- नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाईको सभापतिमा मानबहादुर सिंह ठकुरी चयन भएका छन् । शुक्रबार भएकाे नियमित इकाई अधिवेशनले ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडाका निर्वतमान सभापति ऋषिराम रेग्मीको सभाध्यक्षता एवं  नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पुडासैनीले विद्यार्थीकाे हक हित र अधिकार स्थापित गर्न संघ सधैं कटिवद्ध रहेकाे बताए । अधिकार प्राप्तिका लागि सबै विद्यार्थी एकजुट हुनुपर्नेमा उनले जाेड दिए ।

नव गठित समितिको वरिष्ठ उप-सभापतिमा प्रतिक्षा ओझा र निराजन बुढा, उप-सभापतिमा रोजित सापकोटा र ईश्वर घिमिरे, सचिवमा श्यामराज भट्ट, सह-सचिवमा समिक्षा वाग्ले र उज्वल प्रजापति र कोषाध्यक्षमा एरिशा ताम्राकार चयन भएका छन् । 
त्यस्तै, इकाई समितिको सदस्यहरुमा निश्मा थापा, कृति महतो, अपिल खनाल, रिमा मण्डल, राजेश कुमार कटुवाल, समिक्षा विष्ट, रिना कुश्मी र स्मृति बुढा चयन भएका छन् ।        

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

मकवानपुरमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष

मकवानपुरमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष

हेटौंडा - चाडपर्व नजिकिएसंगै विभिन्न आपराधिक घटनाहरु हुने गरेका छन् । पछिल्लो समयमा हेटौंडामा पनि लुटपाट, चोरीडकैती, ठगी, टिकट अभाव र भाडाबृद्धि तथा विभिन्न आपराधिक घटना र सवारी दुर्घटना हुने गरेका छ...