Search
Close this search box.

मकवानपुरमा पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुँदै

हेटौंडा– मकवानपुरमा पहिलोपटक मकवानपुर जिल्ला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडा तथा छहारी युवा सेवा समाज हेटौंडाको आयोजनामा आगामी असोज ३, ४ र ५ गते भेट्रान्स भलिबल प्रतियोगिता हुन लागेको हो ।

तुलसी मेहर मेमोरियल आवासीय माध्यमिक विद्यालयको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा मकवानपुर जिल्लालाई बिगत १ वर्षदेखि कर्मथलो बनाई आर्मी, प्रहरी र सशस्त्र प्रहरी संगठन बाहेकका विभिन्न संघ संस्थामा कार्यरत ४० वर्ष पूरा भएका बाहिरी जिल्लाका कर्मचारीहरुले पनि सहभागिता जनाउन पाउने छन् । खेल अझै स्तरीय बनाउन एउटा टिममा २ जना ३५ वर्ष पूरा भएका खेलाडीहरु पनि समावेश गराउन पाउने नियम बनाइएको ३५ वर्षमाथिका खेलाडी भने मकवानपुरकै हुनुपर्नेछ । प्रत्येक टिममा १० जना खेलाडीका साथ १, १ जना टिम प्रशिक्षक र टिम मेनेजर गरी जम्मा १२ जना हुनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार र द्वितीय टिम १५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट बिधालाई पनि नगद तथा ट्रफी सम्मान गरिने छ । ३ दिनसम्म चल्ने प्रतियोगिता संचालन गर्नको निम्ति करिब १ लाख पचास हजार लाग्ने अनुमान गरिएको प्रायोजक तुलसी मेहर मेमोरियल आवासीय माध्यमिक विद्यालयका प्राचार्य रघुनाथ खरालले बताए । जिल्लाभरबाट करिब १० टिमको सहभागिता हुने अनुमान गरिएको आयोजक टिमका पुष्पराज मैनालीले बताए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

मकवानपुरमा पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुँदै

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

मकवानपुरमा पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुँदै

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

मकवानपुरमा पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुँदै

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

मकवानपुरमा पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुँदै

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

मकवानपुरमा पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुँदै

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

मकवानपुरमा पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुँदै

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

मकवानपुरमा पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुँदै

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

मकवानपुरमा पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुँदै

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan