Search
Close this search box.

महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार अर्याललाई प्रदान गरिँदै

हेटाैंडा- मकवानपुरकी महाकाव्यकार मुना अर्यालले महालक्ष्मी साहित्य पुरस्कार २०८० प्राप्त गर्ने भएकी छन् । ५१ हजार राशीकाे याे २१ ओैं पुरस्कार मकवानपुरे साहित्यकारले भने पहिलाेपटक प्राप्त गर्न लागेका हुन् ।

महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार आगामी असाेज ५ गते एक कार्यक्रमकाबीच प्रदान गरिने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएकाे हाे ।

बैंकका हेटौंडा शाखा प्रवन्धन अनन्तराज धितालले
सामाजिक उत्तरदायित्वलाई सक्रिय रुपमा पूरा गर्ने उद्देश्यले २०५९ देखि नै बैंकले साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको बताए ।
त्यसैगरी मातृभूमि समाजको संयोजनमा समाजसेवी इश्वर मैनालीका पिताको स्मृतीमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० मकवानपुरका पत्रकार माधव न्योपानेलाई प्रदान गरिने भएको छ । न्योपानेलाई सम्मानपत्रसहित दश हजार नगद प्रदान गरिने समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए ।

त्यस्तै समाजले मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षासेबी बद्रीनाथ शर्मा अर्याललाई सम्मानित गर्ने भएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan