Search
Close this search box.

भेट्रान्स फुटबलमा भाेलि पूर्वेली भेट्रान्स र फ्रिडम फाइटर उपाधिका लागि भिड्दै

हेटौंडा- हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा जारी राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल भोलि हुने भएको छ । तेस्रो रोटरी मकवानपुर पिप्ले-क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता-२०८१ को फाइनल भोलि हुने आयोजकले जानकारी दिएको हो ।

तेस्रो रोटरी मकवानपुर पिप्ले-क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता २४ गतेबाट सुरु भएको थियो । पूर्वेली भेट्रान्स, झापा र फ्रिडम फाइटर भेट्रान्स काठमाडौबीच फाइनल खेल मंगलबार दिउँसो ३ बजे हुने खेल संयोजक मोहन ढकालले जानकारी दिएका छन् । प्रतियोगितामा देशका विभिन्न स्थानका १५ वटा भेट्रान्स क्लबले प्रतिस्पर्धा गरेका छन् ।

जलन प्राथमिक उपचार केन्द्र स्थापनाका लागि सहयोग जुटाउने उद्धेश्यले जारी प्रतियोगिताको उपाधि विजेताले २ लाख २ हजार २ सय २२ रुपिया“ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालनका लागि १६ लाख लाग्ने आयोजकको अनुमान छ । पिप्ले युवा क्लब र रोटर्‍याक्ट क्लब अफ मकवानपुरको सहआयोजनामा प्रतियोगिता गरिएको हो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

भेट्रान्स फुटबलमा भाेलि पूर्वेली भेट्रान्स र फ्रिडम फाइटर उपाधिका लागि भिड्दै

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

भेट्रान्स फुटबलमा भाेलि पूर्वेली भेट्रान्स र फ्रिडम फाइटर उपाधिका लागि भिड्दै

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

भेट्रान्स फुटबलमा भाेलि पूर्वेली भेट्रान्स र फ्रिडम फाइटर उपाधिका लागि भिड्दै

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

भेट्रान्स फुटबलमा भाेलि पूर्वेली भेट्रान्स र फ्रिडम फाइटर उपाधिका लागि भिड्दै

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

भेट्रान्स फुटबलमा भाेलि पूर्वेली भेट्रान्स र फ्रिडम फाइटर उपाधिका लागि भिड्दै

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

भेट्रान्स फुटबलमा भाेलि पूर्वेली भेट्रान्स र फ्रिडम फाइटर उपाधिका लागि भिड्दै

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

भेट्रान्स फुटबलमा भाेलि पूर्वेली भेट्रान्स र फ्रिडम फाइटर उपाधिका लागि भिड्दै

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भेट्रान्स फुटबलमा भाेलि पूर्वेली भेट्रान्स र फ्रिडम फाइटर उपाधिका लागि भिड्दै

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan