Search
Close this search box.

हेटौंडामा ग्यास बुलेटको ठक्करबाट पाण्डेको मृत्यु

हेटौंडा– शुक्रबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१ स्थित गोरक्षश्वर मन्दिर नजिक ग्यास बुलेटले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हेटौंंडाबाट थानाभर्याङतर्फ जाँदै गरेको साइकललाई एन एल ०१ एल ९०२६ नम्बरको ग्याँस बुलेटले ठक्कर दिँदा हेटौंडा–११ थानाभर्याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो ।

ग्यास बुलेटको ठक्करबाट घाइते पाण्डेलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव हेटौंडा अस्पतालमा रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan