Search
Close this search box.

गजल यात्रामा सुनिए दीपक गौतम

हेटौंडा– मकवानपुरमा रहेर लामो समयदेखि साहित्य क्षेत्रको उन्नयन र प्रवद्र्धनमा सक्रिय दीपक गौतम शनिबार एकल गजल वाचनमार्फत दर्शकमाझ प्रस्तुत भए । गजल मञ्च मकवानपुरको २१७ औँ गजल यात्राकोबीच शनिबार गौतमका एकल गजल वाचन भएको हो ।

गजल मञ्च मकवानपुरका पूर्वअध्यक्षसमेत रहेका गौतमले कार्यक्रममा दुइ चरणमा १० वटा गजल वाचन गरेका थिए । उनले सामाजिक विकृति विसंगति, वर्तमान भोगाई र केही शृङ्गारिक गजल वाचन गरी दर्शकको मन जितेका थिए । गौतमको एकल वाचनकैबीच ४ जना नवसर्जकको गजल पनि प्रस्तुत गरिएको थियो । गजलकार गौतमकै अग्रसरतामा प्रशिक्षित भएका नवसर्जकले आफ्ना गुरुको एकल वाचनकैबीच गजल वाचन गरेका हुन् ।

नवसर्जकको तर्फबाट अनसूया खनाल (कक्षा–६, तुलसीमेहर मावि), प्राश्ना पौडेल (कक्षा–६, तासिर इङ्लिस बोर्डिङ स्कुल), रुबस पराजुली (कक्षा–६, जी. एस. निकेतन मावि) र सामना रिजाल (कक्षा–७, मकवानपुर बालविद्या सदन) ले गजल प्रस्तुत गरेका थिए । गजल विधाको उन्नयन र प्रवद्र्धनमा काम गर्दै आएको गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको आयोजना गर्दै आएको छ । मञ्चले पछिल्लो समय विद्यालयहरुमा पुगी गजल प्रशिक्षणको कार्यक्रम गरी नवसर्जक केन्द्रित शृङ्खलाहरुसमेत सञ्चालन गरिरहेको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष तथा अग्रज साहित्यकार निमेष निखिलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan