Search
Close this search box.

सुनको भाउले फेरि नयाँ कीर्तिमान

सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ ।

आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोको जस्तै तोलाको एक हजार नौ सय २० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan