Search
Close this search box.

एसइईको पुरक परीक्षाको नतिजा प्रकाशित

माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

जसनुसार, २ लाख १० हजार ३२१ जना सहभागी भएका परीक्षामा ५६ दशमलव ७८ प्रतिशत अर्थात १ लाख १९ हजार ४२५ जना उत्तीण भएका छन् ।
एसईईको पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म संचालन भएको थियो ।

परीक्षा नियन्त्रक कार्यालयका अनुसार, पुरक परीक्षामा ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ ।

नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना रहेका छन् ।

यसैगरी, जीपीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना छन् भने जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५१८ जना रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan